महानगर संग्रामः वालेन्द्र, धनराज, रेनु, चिरीबाबु, राजेशमान र नागेश अगाडि
- गाउँ सहर संवाददाता
- ३ जेठ मंगलबार, २०७९ | १३:००:०० मा प्रकाशित
काठमाडौँ । स्थानीय निर्वाचनअन्तर्गत बहुचर्चित महानगरमा क्रमशः वालेन्द्र, धनराज, रेनु, चिरीबाबु, राजेशमान र नागेश अगाडि रहेका छन् ।
काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह (वालेन) लाैराे कै अग्रता कायम छ । उनले अहिलेसम्ममा १०हजार ८९९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दीहरु झण्डै आधा बढि कममा छन् ।
यसैगरी पोखरामा एकीकृत समाजवादीका धनराज आचार्यले लिड गरेका छन् । आचार्यले ९ हजार १६५ मत ल्याएका छन् ।
भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच प्रतिश्पर्धा छ । रेनुले ६ हजार २०२ मत ल्याउँदा एमालेका विजय सुवेदीले ६ हजार ११५ ल्याएका छन् ।
यस्तै ललितपुर महानगरको प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जनले ७ हजार २१७ मत ल्याउँदा एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३ हजार ८३ मत ल्याएका छन् ।
यस्तै वीरगन्ज महानगरमा जसपाका राजेशमान सिंहले ८ हजार १३१ मत ल्याउँदा एमालेका विजयकुमार सरावगीले ३ हजार ६२२ मत ल्याएका छन् ।
उता विराटनगरमा कांग्रेसका नागेशले लगातार लिड गरेका छन् । नागेश कोइरालाले ९ हजार मत ल्याउँदा एमालेका सागरकुमार थापाले ६ हजार ६६७ मत ल्याएका छन् ।
याे समाचार तयार पार्दासम्म कांग्रेसले १३१ स्थानीय तहको अध्यक्ष/प्रमुख जितेर पहिलाे नम्बरमा छ । उपाध्यक्ष/उपमेयरमा पनि उसकै वर्चश्व छ, १२६ जितेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
प्रतिकृया दिनुहोस