भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीकाे लुम्बिनी भ्रमण, यस्ताे छ तालिका
- गाउँ सहर संवाददाता
- २ जेठ सोमबार, २०७९ | ०७:५३:०० मा प्रकाशित
लुम्बिनी । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी सोमबार लुम्बिनीको भ्रमणमा आउँदै छन् । उनको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ । परराष्ट्र मन्त्रालयले भारतका प्रधानमन्त्री मोदीको भ्रमणका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भएको बताएकाे छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) का अनुसार पनि सबै तयारी भइसकेको छ ।
लुम्बिनी भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीका संयुक्त कार्यक्रम र भेटवार्ता तय भएका छन् । आफ्ना भारतीय समकक्षीको स्वागत गर्न प्रधानमन्त्री देउवा आइतबार नै लुम्बिनी आइपुगेका छन् ।
यस्तो छ माेदीकाे भ्रमण रुट र भेटघाट
लुम्बिनीमा विशेष हेलिकप्टरबाट बिहान १०ः३० बजे उत्रेपछि भारतका प्रधानमन्त्री मोदीले पहिले मायादेवी मन्दिरमा पूजाअर्चना गर्नेछन् । त्यसपछि लुम्बिनी भारत सरकारले अन्तर्राष्ट्रिय बुद्धिष्ट कन्फेडेरेसन (आईबीसी) मार्फत बनाउन लागेको जर्मन स्तूप उत्तर विहारको प्रधानमन्त्री मोदी र देउवाले संयुक्त रूपमा शिलान्यास गर्नेछन् ।
पूजाअर्चनापछि सन् २०१४ मा नेपालमा भारतका लागि तत्कालीन राजदूत रञ्जित रेले मायादेवी मन्दिर परिसरमा (मन्दिरदेखि ३० मिटर पर) वृक्षरोपण गरेको बोधिवृक्षमा जल सिञ्चित गर्ने कार्यक्रम छ । लगत्तै पर्सा चोक, लोखडिया चोक हुँदै नौ नम्बर गेटभित्र रहेको प्लटमा भारतले अन्तर्राष्ट्रिय बुद्धिष्ट कन्फेडेरेसन (आईबीसी) मार्फत निर्माण गर्न लागेको विहारको शिलान्यास समारोहमा सरिक हुनेछन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
प्रतिकृया दिनुहोस