ओलीमाथि लगाइएको भ्रमण रोक र स्थान हद फुकुवा
- गाउँ सहर संवाददाता
- २१ पौष सोमबार, २०८२ | १४:१७:०० मा प्रकाशित
काठमाडौं । भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको स्थानहद हटाएको छ।
आयोगले आइतबार ओलीको गुण्डुस्थित निवासमै पुगेर बयान लिएको थियो। बयानपछि सोमबार आयोगले ओलीलाई लगाइको स्थान हदलको निर्णय फिर्ता गर्ने निर्णय गरेको प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए।
ओलीलाई भदौ २३ र २४ गतेका घटनाहरुको छानविन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा तान्दै आयोगले असोज १२ गते ओलीलाई विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो।
उनीसँग घटनाका बारेमा बुझ्ने काम सकिएकाले स्थानहदको निर्णय फिर्ता भएको शर्माले जनाएका छन्। उनले भने, ‘ती घटनाका सम्वन्धमा प्रधानमन्त्रीको हैसियतले उहाँले गरेका कामकारवाही सम्बन्धमा यस आयोगबाट उहाँसंग सोधपूछ लंगायत बुझ्ने कार्य सम्पन्न भइसकेकाले उहाँको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य समाप्त भएकाले फुकुवा गरिदिएको छ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस