वातावरण

आइतवार यी स्थानमा वर्षा

काठमाडाैँ । आज २०७९ जेठ १ गते (आइतवार), जल तथा माैसम विभागका अनुसार दिउँसो प्रदेश नं १, बागमती प्रदेशमा, गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुका साथै कर्णाली प्रदेश र सुदूरपश्चिमी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चटयाङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै रातिप्रदेश नं १, गण्डकी प्रदेश, लुम्बिनी र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा साथै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चटयाङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता