समग्र देशमा निर्वाचन सहभागिता किन घट्यो, काठमाडौँमा ५२ प्रतिशत मात्रै मत खस्नुको सन्देश के हो ?
- गाउँ सहर डेस्क
- ३१ बैशाख शनिबार, २०७९ | ०९:२८:०० मा प्रकाशित

काठमाडाैँ । निर्वाचन आयोगले योग्य मतदातामध्ये करिब ६४ प्रतिशतले मात्रै स्थानीय तह निर्वाचनमा मतदान गरेको जनाएको छ ।
वि.सं. २०७४ सालमा सङ्घीय संरचना कार्यान्वयनमा आएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा ७४ प्रतिशत बढीले मतदान गरेका थिए । तर त्यसपछिको संसदीय निर्वाचनमा ७० प्रतिशत भन्दा कम मतदान भएको थियो ।
आयोगले काठमाडाैँ महानगरपालिकामा प्रारम्भिक अनुमानमा ५२ प्रतिशत मात्रै मत खसेको जनाएको छ । यसै विषयलाई लिएर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सन्ताेषजनक नभएकाे बताए ।
तीन लाख मतदाता रहेको महानगरमा पाँच वर्षअघि भएको निर्वाचन भन्दा करिब २१,००० नयाँ मतदाता थपिएका छन् । विसं २०७४ सालमा भएको अघिल्लो स्थानीय तह निर्वाचनमा काठमाडाैँ महानगरमा २,७९,३०९ जना योग्य मतदाता थिए । उक्त निर्वाचनमा कुल मतदाताको ७० प्रतिशत मत मात्रै महानगरमा खसेको थियो । खसेको मत मध्ये पनि १५ प्रतिशत मत बदर भएको थियो ।
यसरी मतप्रतिकाे आकर्षण घट्नुमा स्थानीयनुसारकाे सम्भावनालाई उम्मेदवारले नजरअन्दाज गरेकाे, सत्तालिप्सा भएकाे, उद्याेग र उत्पादनमा ध्यान नदिएकाे राजनीतिक पण्डितहरूकाे जिकीर छ । जसले गर्दा विदेशिनेकाे संख्या बढेकाे, बसेकाे स्थानबाट मत हाल्न नपाउनु, याेग्य उम्मेदवार दलहरूले नउठाउनु, उनीहरूकाे भनाइ छ । उनीहरू भन्छन् - यदि यस्तै अवस्था हुने हाे भने आगामी दिनहरूमा याे संख्या निक्कै घट्ने छ ।
यसपालिको चुनावमा निर्वाचनको अघिल्लो दिनसम्ममा १८ वर्ष पूरा भएका एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मत खसाल्न पाउने योग्य मतदाता थिए ।

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- सहज जीवन चाहनुहुन्छ? यी कुरा ध्यान दिनुहोस्
- बालबालिकालाई के सिकाउने, के नसिकाउने
- खासमा तीज के हो, किन मनाइन्छ ? कसरी सुरु गरियो ? यससँग जोडिएको अर्थ र वास्तविकता
- किन पूजिन्छ श्रीकृष्ण, उनको जीवनबाट मानवजातीले के सिक्ने ?
- के जीवन यति जटिल हुनुपर्ने हो? कसरी सहज बनाउने ?
- शैक्षिक क्षेत्रमा 'उत्कृष्ट नतिजा' नै विद्यार्थीले रिलायन्स कलेज छान्नुकाे अब्बल आधार
- असार १५ मा रोपाइँमा सरिक नहुनेले पनि दही चिउरा खानैपर्ने हाे र ? दही चिउरा नै किन खाने ?
- हप्ताको एउटै दिनले कसरी व्यक्तिगत र सामाजिक रूपान्तरण सम्भव छ?
- गर्मीमा शरीरलाई शितल राख्न के-के खाने ?
- पानी पिउँदा गर्नुहुन्न यस्तो गल्ती
प्रतिकृया दिनुहोस