एसईई ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण, साउन २९ देखि पूरक परीक्षा
- गाउँ सहर संवाददाता
- १३ असार शुक्रबार, २०८२ | २०:१३:०० मा प्रकाशित

काठमाडाैं । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) मा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शुक्रबार राष्ट्रिय राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय-कक्षा १० ले एसईईको नतिजा सार्वजनिक गरेको हो ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले यस वर्ष एसईईमा ग्रेडेड हुनेको प्रतिशत ६१.८१ रहेको बताएका हुन् । गत वर्षको तुलनामा यस वर्षको नतिजामा उल्लेख्य सुधार देखिएको छ । गत वर्ष ग्रेडेड हुनेको संख्या ४८ प्रतिशत थियो ।
नतिजा अनुसार जिपिए १.६० देखि २.०० ल्याएर ८ जना उत्तीर्ण भएका छन् । यस्तै सबैभन्दा धेरै परीक्षार्थी जिपिए २.८० देखि ३.२० ल्याएर ८९ हजार १४४ जना उत्तीर्ण भएका छन् ।
यस्तै जिपिए ३.६० देखि ४.०० ल्याएर ४८ हजार १७७ जना परीक्षार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।नतिजाअनुसार यस वर्षको एसईईमा १ लाख ६७ हजार ५९७ परीक्षार्थी फेल भएका छन् । नतिजाअनुसार कुल परीक्षार्थीमध्ये २ लाख ७१ हजार २९९ जना मात्रै उत्तीर्ण भएका हुन् ।
बोर्डले पूरक परीक्षाको मिति पनि तय गरेको छ ।
जसअनुसार पूरक परीक्षा साउन २९ देखि हुनेछ भने कार्यतालिका पछि प्रकाशित गरिने बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सूचीकृत नभएका सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको निर्णय, के-के चल्छ अब नेपालमा ?
- भायानेटको ब्राण्ड एम्बासडरमा गायक सुशान्त केसी
- मंगलबार घटेर बन्द भएको नेप्सेले बुधबार पनि घट्याे
- नेप्सेसँगै कारोबार रकम पनि गिरावट
- मनाङमा भदौ १९ देखि दल दर्ता
- लिटल फ्लावरमा कक्षा ११ का नवागन्तुक विद्यार्थीकाे स्वागत
- राष्ट्रियसभा बैठक बस्दै, निजामती विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गरिने
- सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै उकालाे
- एकतीस अंकले घटेकाे नेप्सेमा पनि यी कम्पनीले कमाए
- सुदूरपश्चिममा आज गौरापर्व मनाइँदै, दुई दिन सार्वजनिक बिदा
प्रतिकृया दिनुहोस