अपेक्षा गरेअनुसार मतदान हुन सकेन , ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान, ४४ मतदान केन्द्रमा मतदान स्थगित
- गाउँ सहर संवाददाता
- ३० बैशाख शुक्रबार, २०७९ | २१:१९:०० मा प्रकाशित

काठमाडौँ । निर्वाचन आयोगले देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ । आयोगले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै अहिलेसम्म देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको र यो संख्या बढ्न सक्ने जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान रहेको बताए । उनले अझै केही स्थानमा मतदान कार्य जारी रहेकोले यसमा बढोत्तरी हुनसक्ने बताए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले अपेक्षा गरेअनुसार मतदान हुन नसकेको बताए । उनले सबैभन्दा धेरै मतदाता रहेको काठमाडौँमा समेत ५२ प्रतिशत मात्रै मत खसेको बताए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रकृतिको असहजताका कारण केही हिमाली जिल्लाहरु, दुर्गम जिल्लाहरु आवागमनमा अफ्ठ्यारो भएकाले भोलि मात्रै हेलिकप्टरको माध्यमबाट मतपेटिका ओसार्ने गरी आवश्यक व्यवस्था मिलाइएको बताए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोग सुरक्षा व्यवस्था र राजनीतिक दलहरुको व्यवस्थाको बारेमा चिन्तित र सशंकित भएको बताए ।
स्थानीय तहको निर्वाचन अन्तर्गत विभिन्न १७ वटा स्थानीय तहका ४४ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राजनीतिक दलका बीचमा विवाद र वर्षाका कारण समेत गरी देशभरका १७ स्थानीय तहका २८ मतदान स्थलका ४४ वटा मतदान केन्द्रमा मतदान सम्पन्न हुन नसकेको जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
- २६ अंकले बढेको नेप्सेका कति भयाे कारोबार
- निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- रास्वपा र राप्रपाद्वारा आज पनि सदन बहिष्कार
- विशाल रन लक्ष्य दिएकाे नेपालले इन्डोनेसियालाई ५० रनमै अलआउट
प्रतिकृया दिनुहोस