वातावरण

शनिवारपनि थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङ्गसहित हल्का देखि मध्यम वर्षा

काठमाडाैँ । आज २०७९ वैशाख ३१ गते (शनिवार), जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो प्रदेश नं १, बागमती प्रदेशमा, गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती  प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुका साथै मधेश प्रदेश तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति प्रदेश नं १ लगायत देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १, मधेश प्रदेश तथा बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङ्गसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

गाउँ सहर संवाददाता