नेपाल टेलिकमको मुनाफामा कमी, अपेक्षित समयमा सेवा विस्तार भएन
- गाउँ सहर संवाददाता
- २८ बैशाख बुधबार, २०७९ | १२:३५:०० मा प्रकाशित

काठमाडाैँ । नेपाल टेलिकमकाे आ.व.२०७८/७९ को तृतीय त्रैमासिकको वित्तीय विवरणनुसार उसले गत आ.व. भन्दा मुनाफा गर्न नसकेकाे देखिएकाे छ । काेभिड महामारी तथा OTT काे बढ्दाे प्रयाेगले अन्तर्राष्ट्रिय रोमिङ लगायत अन्तरआवद्धता सेवाको प्रयोगमा कमी हुँदा मुनाफा कम भएकाे उसले बताएकाे हाे ।
नेपाल टेलिकमको आ.व.२०७८/७९ को तृतीय त्रैमासिकको वित्तीय विवरणको सारांश
१. गत आ.व. को तृतीय त्रैमासिक अवधि (२०७७ चैत्र मसान्त) सम्ममा कम्पनीको कुल सञ्चालन आय रु २७ अर्व ४५ करोड १३ लाख ५३ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७८ चैत्र मसान्त) सम्ममा रु ७६ करोड ८२ लाख ५९ हजार (अर्थात २.८ प्रतिशत) ले वृद्धि भई रु २८ अर्व २१ करोड ९६ लाख १२ हजार रहेको ।
२. गत आ.व. को तृतीय त्रैमासिक अवधि (२०७७ चैत्र मसान्त) सम्मको कुल आय रु. ३१ अर्व ६७ करोड ३७ लाख ७४ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७८ चैत्र मसान्त) सम्ममा कुल आय रु. ८६ करोड २९ लाख ५६ हजार (अर्थात २.७२ प्रतिशत) ले वृद्धि भई रु. ३२ अर्व ५३ करोड ६७ लाख २९ हजार रहेको ।
३. गत आ.व. को तृतीय त्रैमासिक अवधि (२०७७ चैत्र मसान्त) सम्मको खुद मुनाफा रु ५ अर्व ८८ करोड ४४ लाख ७२ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७८ चैत्र मसान्त) मा रु. ४४ करोड ९१ लाख २५ हजारले कमी भई रु ५ अर्व ४३ करोड ५३ लाख ४७ हजार रहेको ।
४. गत आ.व.को तृतीय त्रैमासिक अवधि सम्मको तुलनामा चालु आ.व.को सोही अवधि सम्मको खुद मुनाफामा कमी आउनुको प्रमुख कारणहरु निम्नानुसार रहेकोःः
क. कोभिड–१९ को महामारी तथा OTT को बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय रोमिङ लगायत अन्तरआवद्धता सेवाको प्रयोगमा कमी ।
ख. २०७८ माघ महिनामा कोभिड–१९ को महामारीको तेस्रो लहरले गर्दा कम्पनीको सेवा उपभोगमा कमी आई कार्य सञ्चालन आयमा कमी आएको ।
ग. अन्तरआवद्वता शुल्क सम्बन्धी निर्देशिका अनुसार अन्तरआवद्धता शुल्कमा कमी भएकोले कार्य सञ्चालन आयमा कमी भएको ।
घ. सेवा व्यापकरुपमा विस्तार गरिएकोले मर्मत सम्भार खर्चमा भएको वृद्धि, स्थिर सम्पत्तिको ह्रासकट्टी रकममा भएको वृद्धि आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको ।
ङ. कोभिड–१९ को महामारीलाई लक्षित गरी कम्पनीबाट धेरै कम दरका डाटा प्याकेजहरु शुरु गरिएको हुँदा जीएसएमः सेवा तर्फ डाटाको खपत बढे तापनि राजस्वमा सोही अनुपातमा वृद्धि हुन नसकेको ।
च. कोभिड–१९ को महामारी पश्चात चिपसेटको अभाव तथा अन्तर्राष्ट्रिय ढुवानीमा कठिनाई र बढ्दो शुल्कका कारण उपकरण तथा सामान आयातमा ढिलाई भई अपेक्षित समयमा सेवा विस्तार गर्न नसकिएको ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
प्रतिकृया दिनुहोस