अर्थतन्त्र

नेप्से परिसूचक २३ सय नाघ्याे

काठमाडौँ । साताको तेस्रो दिनमा आइपुग्दा सेयर कारोबार मापक नेप्से परिसूचक २३ सय नाघेको छ ।

केही समय यता लगातार घटिरहेको नेप्से परिसूचक अघिल्लो साता २२ सयमा झरेको थियो । मंगलबार नेप्से परिसूचक ४४ दशमलव १६ अंकले बढेर २३ सय १३ अंकमा पुगेको हो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ६७ अंकले बढेको छ । सेयर कारोबार रकम भने १ अर्ब ३५ करोडमा रोकिएको छ ।

दिनभर भएका २६ हजार ५६५ कारोबारबाट २२६ कम्पनीका ३३ लाख ३० हजार १५० कित्ता सेयर किनबेच भएका छन् ।

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत