स्वास्थ्य

थप ८ जनामा कोरोना भाइरस कोभिड - १९ को संक्रमण पुष्टि

काठमाडाैँ । पछिल्लो २४ घण्टामा देशभर थप ८ जनामा कोरोना भाइरस कोभिड - १९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २ जनामा गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा १७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल १९० जना संक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८ हजार ३५९ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत