चुनावमा एमालेसँग एक्लाएक्लै लड्न नसक्नेले देश बनाउन सक्दैन - एमाले अध्यक्ष केपी शर्मा ओली
- गाउँ सहर संवाददाता
- २४ बैशाख शनिबार, २०७९ | २०:४९:०० मा प्रकाशित
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनपछि पाँच दलीय गठबन्धनको फुर्ती सकिने दाबी गरेका छन् ।
विराटनगरमा आज आयोजित चुनावी सभामा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले वैशाख २७ गतेसम्म गठबन्धनले भाषण गर्छन् तर वैशाख ३० गतेपछि गठबन्धन नटालिने गरी पङ्चर हुने बताए । उनले भने, "मतदानपछि गठबन्धन टाइटाइ फिस हुनेछ ।"
चुनावमा एमालेसँग एक्लाएक्लै लड्न नसक्नेले देश बनाउन नसक्ने उनको भनाई थियो । उनले गठबन्धनले जतिसुकै ह्याण्डसम र ब्यूटी उम्मेदवार उठाए पनि चुनाव नजित्ने टिप्पणी गरे । आफ्नो पार्टीबाहेक अरूले चुनाव जित्न नसक्ने दाबी गर्दै असक्षम व्यक्ति विजयी भए कुर्सी रुने बताए । गठबन्धनतर्फ सङ्केत गर्दै ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाले कुहिएका लौरा टेकेर हिँडिरहेको टिप्पणी गरे ।
गठबन्धन तोड्ने आफूले नै नचाहेको उल्लेख गर्दै ओलीले आफूले चाहेको भए पाँच वटा कचौरा खर्च गरेर काम तमाम गरिदिनसक्ने दाबी गरे । हिजोका दिनमा टाउको मोल तोक्ने र बम हान्नेहरू अहिले एक अर्काको प्रशंसामा मग्न भएको उनको भनाइ छ ।
ओलीले भरतपुरमा रेनु दाहालले नजिते मुलुक दुर्घटनामा जाने भनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्ति पराजयको स्वीकारोक्ति मात्र रहेको टिप्पणीसमेत गरे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस