‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९’ स्वीकृत
- गाउँ सहर संवाददाता
- २३ बैशाख शुक्रबार, २०७९ | १९:२४:०० मा प्रकाशित

काठमाडौँ । निर्वाचन आयोगले ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९’ स्वीकृत गरेको छ ।
आयोगले स्वीकृत गरेको मापदण्डअनुसार अत्यावश्यक सेवासँगै उम्मेदवार वा उम्मेदवार निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन चलाउन पाउनेछन् ।
सवारी साधान प्रयोग गने अनुमतिपत्र मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृत तथा प्रमुख जिल्ला अधिकारीले तोकिएको ढाँचामा जारी गर्नेछन् ।
त्यस्तै, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी गरिने अनुमतिपत्रका लागि आयोगमा स्थापना गरिने एकीकृत सवारी साधन आवागमन डेस्कमा पत्र पेश गर्नुपर्ने आयोगले जनाएको छ ।
सवारी साधन अनुमतिका लागि वैशाख २८ गतेसम्म निवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ ।
आयोगले निर्वाचन कार्यमा खटिएका सुरक्षाकर्मीलाई भारी सवारी साधन सञ्चालनको अनुमति दिन सकिने जनाएको छ भने विदेशी नम्बर प्लेट भएको सवारी साधन प्रयोगको अनुमति दिइने छैन ।
यसैगरी, अन्तर्राष्ट्रिय हवाइ उडानको माध्यमबाट यात्रा गर्ने यात्रुहरुका हकमा पासपोर्ट, भिसा र हवाइ टिकटका आधारमा त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलसम्म र विमानस्थलबाट यात्रुको बासस्थानसम्मको आवागमनको व्यवस्था काठमाडौं जिल्लाको प्रमुख जिल्ला अधिकारीले मिलाउने छ ।
त्यस्तै, एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिटी उल्लेख भएको कूटनीतिक नियोगको सवारीसाधनको हकमा सवारी अनुमतिपत्र लिनुपर्ने छैन ।
मतदानको दिन मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेमा सुरक्षा निकाय र सुरक्षाकर्मीले त्यस्तो सवारी साधन कब्जामा लिन सक्ने माण्डदण्डमा उल्लेख छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस