एक करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ सम्पन्न : निर्वाचन आयोग
- गाउँ सहर संवाददाता
- १५ बैशाख बिहीबार, २०७९ | १७:०३:०० मा प्रकाशित

काठमाडाैं । वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले १ करोड ९४ लाखमध्ये १ करोड ७७ लाख ७५ हजार थान मतपत्र छपाइ सम्पन्न गरेको छ । बाँकी मतपत्र छपाइ कार्य अब केही दिनमा सकिने निर्वाचन आयोगको जनाएकाे छ ।
आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार बिहीबारसम्म ७२ जिल्लाका लागि सो संख्यामा मतपत्र छपाइ सम्पन्न भएको हो । त्यस्तै, आयोगले वैशाख १३ गतेदेखि छपाइ भएको मतपत्र ढुवानी सुरु गरेको थियो । बिहीबारसम्म ३३ जिल्लामा मतपत्र ढुवानी भइसकेकाे छ ।
सुदूरपश्चिम, कर्णाली प्रदेशसहित अन्य ३३ जिल्लामा कुल ५१ लाख ८१ हजार थान मत्रपत्र ढुवानी भएकाे हाे । छपाइ सम्पन्न भएको मतपत्र ढुवानीको काम निरन्तर जारी रहेको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका छन् ।
आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका दिन सार्वजनिक बिदाका लागि सरकारसँग अनुरोध गर्ने भएको छ । मतदानको दिन देशवासीका लागि उत्सवको दिन भएकाले मताधिकारबाट कोही वञ्चित नहोऊन् भनेर नेपाल सरकारसँग आयोगले यस्ताे आग्रह गर्ने भएको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस