बिहेमा डिजे बनाउने विषयमा विवाद हुँदा एकजनाको मृत्यु
- गाउँ सहर संवाददाता
- १४ बैशाख बुधबार, २०७९ | १६:१८:०० मा प्रकाशित
काठमाडाैं । बिहेमा झडप हुँदा एक जनाको मृत्यु भएकाे छ । सप्तरीमा एउटा बिहेमा डिजे बनाउने विषयमा भएको विवादमा एकजनाको मृत्यु भएको हाे ।
सोमबार भएको झडपमा घाइते भएका खडक नगरपालिका वडा नम्वर ४ पंसेराका २७ वर्षीय सन्तलाल पासवानको उपचारको क्रममा बुधवार बिहान मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
रामचन्द्र पासवानको घरमा सोमबार राति जन्तिले ल्याएको डिजे बजाउने विषयमा चर्किएको विवाद झडपमा परिणत भएपछि एक समूहको कुटपिटबाट पासवान घाइते भएका थिए । उनलाई उपचारका लागि विराटनगर स्थित नोवेल मेडिकल कलेज लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएकाे छ ।
युवकको मृत्यु भएपछि दोषीलाई कारबाहीको माग गर्दै स्थानीय बासिन्दाहरूले सप्तरीस्थित पूर्व–पश्चिम राजमार्गको कल्याणपुर–कडरबोना सडक अवरुद्ध पारेका छन् ।
कुटपिटमा संलग्न भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरकाे जनाएकाे छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
प्रतिकृया दिनुहोस