'लु' बाट बच्न खेतबारीकाे काम सकभर बिहान–बेलुका गर्न मन्त्रालयकाे आग्रह
- गाउँ सहर संवाददाता
- १३ बैशाख मंगलबार, २०७९ | १६:३६:०० मा प्रकाशित

काठमाडाैं । तराईमा तातो हावा चल्न थालेकाले सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना नै निकालेर तराईमा तातो हावा चलेको र यसबाट लु हुन सक्ने भन्दै दिउँसो घरबाट ननिस्कन आग्रह गरेको छ ।
बाहिर निस्कनै परे पातलोे कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, फलफूलको रस वा पानी पिउने, धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने, चिसो पानीले नुहाउने, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने, चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउन भनिएको छ ।
मौसमविद्का अनुसार कुनै पनि ठाउँमा लगातार ४० डिग्री सेल्सियसभन्दा धेरै तापक्रम भएमा त्यस ठाउँमा तातो हावा चल्छ र त्यस्तो ठाउँमा लु लाग्ने सम्भावना हुन्छ । पश्चिमी सुक्खा वायुको प्रभावका कारण तराईका केही ठाउँमा ४० डिग्री सेल्सियसभन्दा धेरै तापक्रम पुग्न थालिसकेकाले सतर्कता अपनाउन मौसमविद् हिरा भट्टराईले आग्रह गरे ।
तातो हावाबाट श्वासप्रश्वासमा असर पर्ने, रक्तचाप कम हुने, शरीरबाट पसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, शरीरको तापक्रम एक सय चार डिग्री फरेनहाइटभन्दा बढी हुनाका साथै छाला सुक्खा, रातो र तातो हुने डाक्टरले बताएका छन् । तराईका क्षेत्रमा तातो हावा चल्न थालेको भए पनि पहाडी क्षेत्रमा केही ठाउँमा भने आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको माैसमविद् भट्टराईले बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस