मंगलबार दोहोरो अंकले घट्याे शेयर बजार, काराेबार रकममा पनि आएन् सुधार
- गाउँ सहर संवाददाता
- १३ बैशाख मंगलबार, २०७९ | १५:२२:०० मा प्रकाशित

काठमाडाैं । शेयर बजार साताको कारोबारको तेस्रो दिन मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से १५.२ अंकले घटेर दुई हजार ३ सय ७० दशमलब ९९ विन्दुमा पुगेको हो । आज नेप्सेमा एक अर्ब ४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ ।
आज कारोबार भएका ३५ कम्पनीको शेयरमूल्य बढेको छ भने १५६ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९४४.४० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज हिमालयन पावर पार्टनर र मल्टीपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सिद्धार्थ बैंकको भएको छ । यस कम्पनीको आज ४ करोड २१ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
- भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
- निर्माण गर्दागर्दै भत्कियो रामेछापमा पुल
- लायन्स क्लब ३२५ 'ई' को डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरीमा पाेखरेल, ट्रेजररमा र चाैलागाईँ
- पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति नेपाल सरकार गम्भीर: परराष्ट्र मन्त्रालय
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
प्रतिकृया दिनुहोस