सहमति कार्यान्वयन नभए सबै स्थानीय निकायमा उम्मेदवारी दिन्छौँ : महामन्त्री पौडेल
- गाउँ सहर संवाददाता
- १२ बैशाख सोमबार, २०७९ | १३:४१:०० मा प्रकाशित
काठमाडाैं । पाँच बुँदे सहमति गरेर अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा होमिएका नेपाल परिवार दल र नेकपा बीच चुनाबी तालमेल नहुने संकेत देखिएको छ । एमालेले सहमति कार्यान्वयन नगरेको भन्दै परिवार दलले सबै स्थानीय निकायमा उम्मेदवारी दिने तयारी थालेको छ । एमालेसँगको सहमतिमा हस्ताक्षर गरेका परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेले सहमति कार्यान्यन गर्न एमालेले आनाकानी गरेको भन्दै परिवार दल एक्लै चुनाबमा जानसक्ने बताए । उनले सम्पूर्ण स्थानीय निकायमा यस अघि तय भएका उमेदवारले नै मनोनयन दर्ता गर्ने तयारी भएको बताए । परिवार दलका प्रवत्ता रुपसिह भण्डारीले परिवार दलले एमालेसँग भएको सहमतिको पालना गर्न तयार रहेको तरसहमति कार्यान्यनमा एमालेबाट कहि बाधा उत्पन भए परिवार दलले एक्लै उम्मेदवार उठाउने तयारी समेत गरेको बताए ।
यसैबीच नेपाल परिवार दलले कैलाली र कञ्चनपुरमा एमालेसँग तालमेल नगर्ने भएको छ । तालमेल गर्न खोज्दा एमालेले माग नमानेपछि कैलाली र कञ्चनपुर जिल्लामा एक्लै चुनाव लडेन निर्णय गरेको नेपाल परिवार दलका सुदूरपश्चिम अध्यक्ष खड्ग नागरीले बताए । नेकपा एमाले नेपाल परिवार दल बिच स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सहमति भएसँगै कैलाली र कञ्चनपुरमा एमालेले कुनै पनि ठाउँमा सहमति कार्यान्यन नभएको भन्दै गठबन्धन नगर्ने निर्णय गरिएको हो । परिवार दलले छ महानगर ११ उपमहानगर लगायत सबै स्थानीय तहमा उम्मेदबारी दिन मातहतका प्रदेश र जिल्ला समितिलाई निर्देशन समेत दिएको छ । तर एमाले महासचिव शंकर पोखरेलले सहयात्री दलसँग भएको सहमति कार्यान्यन गर्न एमाले प्रबिवद्ध रहेको प्रतिक्रिया दिए । एमाले अध्यक्ष ओली र परिवार दलका अध्यक्षबीच पटक पटकको बार्तापछि चुनाबमा तालमेल गर्ने सहमति भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस