सहमति कार्यान्वयन नभए सबै स्थानीय निकायमा उम्मेदवारी दिन्छौँ : महामन्त्री पौडेल
- गाउँ सहर संवाददाता
- १२ बैशाख सोमबार, २०७९ | १३:४१:०० मा प्रकाशित

काठमाडाैं । पाँच बुँदे सहमति गरेर अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा होमिएका नेपाल परिवार दल र नेकपा बीच चुनाबी तालमेल नहुने संकेत देखिएको छ । एमालेले सहमति कार्यान्वयन नगरेको भन्दै परिवार दलले सबै स्थानीय निकायमा उम्मेदवारी दिने तयारी थालेको छ । एमालेसँगको सहमतिमा हस्ताक्षर गरेका परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेले सहमति कार्यान्यन गर्न एमालेले आनाकानी गरेको भन्दै परिवार दल एक्लै चुनाबमा जानसक्ने बताए । उनले सम्पूर्ण स्थानीय निकायमा यस अघि तय भएका उमेदवारले नै मनोनयन दर्ता गर्ने तयारी भएको बताए । परिवार दलका प्रवत्ता रुपसिह भण्डारीले परिवार दलले एमालेसँग भएको सहमतिको पालना गर्न तयार रहेको तरसहमति कार्यान्यनमा एमालेबाट कहि बाधा उत्पन भए परिवार दलले एक्लै उम्मेदवार उठाउने तयारी समेत गरेको बताए ।
यसैबीच नेपाल परिवार दलले कैलाली र कञ्चनपुरमा एमालेसँग तालमेल नगर्ने भएको छ । तालमेल गर्न खोज्दा एमालेले माग नमानेपछि कैलाली र कञ्चनपुर जिल्लामा एक्लै चुनाव लडेन निर्णय गरेको नेपाल परिवार दलका सुदूरपश्चिम अध्यक्ष खड्ग नागरीले बताए । नेकपा एमाले नेपाल परिवार दल बिच स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सहमति भएसँगै कैलाली र कञ्चनपुरमा एमालेले कुनै पनि ठाउँमा सहमति कार्यान्यन नभएको भन्दै गठबन्धन नगर्ने निर्णय गरिएको हो । परिवार दलले छ महानगर ११ उपमहानगर लगायत सबै स्थानीय तहमा उम्मेदबारी दिन मातहतका प्रदेश र जिल्ला समितिलाई निर्देशन समेत दिएको छ । तर एमाले महासचिव शंकर पोखरेलले सहयात्री दलसँग भएको सहमति कार्यान्यन गर्न एमाले प्रबिवद्ध रहेको प्रतिक्रिया दिए । एमाले अध्यक्ष ओली र परिवार दलका अध्यक्षबीच पटक पटकको बार्तापछि चुनाबमा तालमेल गर्ने सहमति भएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस