स्थानीय तहको चुनावका लागि उम्मेदवारी आज पनि दिन सकिने
- गाउँ सहर संवाददाता
- १२ बैशाख सोमबार, २०७९ | ०९:२७:०० मा प्रकाशित
काठमाडाैँ । स्थानीय तहको चुनावका लागि उम्मेदवारी आज (साेमबार) पनि दिन सकिने भएको छ । निर्वाचन आयोगले आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ताका लागि समय दिएको थियो ।
समयानुसार आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेभित्र मुख्य निर्वाचन अधिकृत कार्यालय र निर्वाचन अधिकृत कार्यालय पुगेर मनोनयन दर्ता गर्न सकिन्छ ।
आइतबार केही दलका नेता र स्वतन्त्र उम्मेदवारहरूले मात्रै उम्मेदवारी दर्ता गरेका थिए । आयोगका अनुसार आइतबार विभिन्न पदमा गरी देशभर कूल १० हजार पाँच सय ३३ जनाले उम्मेदवारी दर्ता गरेका थिए ।
आज भने सत्तागठबन्धन र नेकपा एमालेसहित गठबन्धनबाट उम्मेदवारी दिने तयारी छ । सत्तारूढ नेपाली कांग्रेसले भने महानगर र उपमहानगरमा मेयर तथा उपमेयरका उम्मेदवार टुंग्याउन सकेको छैन । केन्द्रीय संसदीय समितिले उम्मेदवार टुंगो लगाउने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको छ ।
वैशाख ३० मा स्थानीय तह चुनाव हुँदैछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस