दार्चुलामा मतदाताहरूले निर्वाचन बहिष्कार गरे
- गाउँ सहर संवाददाता
- २१ फाल्गुण बिहीबार, २०८२ | १९:५१:०० मा प्रकाशित
काठमाडौँ । दार्चुलाका दुई वटा मतदान केन्द्रमा स्थानीय मतदाताहरूले निर्वाचन पूर्ण रूपमा बहिष्कार गरेका छन् ।
विकास निर्माण र प्रशासनिक सुगमताको माग राख्दै मतदाताहरू मतदान प्रक्रियामा सहभागी नभएपछि कर्मचारीहरू रित्तो मतपेटिका लिएर फर्किएका छन् ।
जिल्लाको नौगाड गाउँपालिका-१ स्थित गौरीशङ्कर माध्यमिक विद्यालय नागु र अपिहिमाल गाउँपालिका-३ स्थित दुधिला आधारभूत विद्यालय झुस्कु मतदान केन्द्रमा ‘नो भोट’ भन्दै स्थानीयले मतदान बहिष्कार गरेका हुन् ।
नौगाड गाउँपालिका-१ का नागुबासीले लामो समयदेखि सडक निर्माणको माग गर्दै आएका छन् ।
पटक–पटक आश्वासन पाए पनि गाउँमा सडक नपुगेको भन्दै उनीहरूले यस पटक मतदान नगर्ने निर्णय गरेका थिए ।
यहाँका ६०२ जना मतदातामध्ये कसैले पनि मत खसालेनन्। यस्तै अपिहिमाल गाउँपालिका-३ का स्थानीयले वडा कार्यालय अपायक ठाउँमा भएको भन्दै विरोध जनाएका छन् ।
उनीहरूले वडा कार्यालयलाई सबैको पायक पर्ने स्थान वडा नं ४ मा सार्नुपर्ने माग राखेका थिए। माग सुनुवाइ नभएको भन्दै झुस्कुका करिब ३४६ मतदाताले मतदान प्रक्रियामा भाग लिएनन् ।
दार्चुलाका मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार, दिनभर प्रतीक्षा गर्दा पनि दुवै केन्द्रमा एक मत पनि नखसेपछि मतदान अधिकृत र कर्मचारीहरू रित्तो मतपेटिका लिएर फर्किएका छन् ।
‘मतदान भएन, अब उनीहरू कर्मचारी टोली आउँदैछन् । हामीले जिल्लामा कति मत खस्यो भन्ने यकिन विवरण सङ्कलन गर्दैछौं’, उनले भने ।
जिल्लाभर १ सय १२ मतदान स्थल र १ सय ४३ मतदान केन्द्र तथा दुई अस्थायी केन्द्र निर्धारण गरिएकोमा यी दुई केन्द्र बाहेक अन्य स्थानमा भने शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ ।
मत कति खस्यो भन्ने विवरण केहि समयपछि प्राप्त हुने जनाइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस