थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक/हल्का वर्षा
- गाउँ सहर संवाददाता
- ७ बैशाख बुधबार, २०७९ | ०९:२०:०० मा प्रकाशित

काठमाडाैँ । जल तथा माैसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल प्रदेश १ र मधेश प्रदेशमा आंशिक देखि सामान्य बदलीको अवस्था छ भने देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । साथै प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको अवस्था छ ।
बुधबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने छ । प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै राति देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने छ । प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस