मंगलबार शेयर बजारमा हरियाली, काराेबार रकम भने खुम्चियाे
- गाउँ सहर संवाददाता
- ६ बैशाख मंगलबार, २०७९ | १५:१६:०० मा प्रकाशित
काठमाडाैं । नेप्से साताको कारोबारको तेस्रो दिन मंगलबार सामान्य अंकले बढेको छ । आज नेप्से १३.३७ अंकले बढेर दुई हजार ३ सय ५७ दशमलब २४ विन्दुमा थामिएकाे हो । सोमबार नेप्से ४१.७७ अंकले घटेर दुई हजार ३ सय ४३ दशमलब ८७ विन्दुमा बन्द भएको थियो ।
आज कारोबार रकममा भने गिरावट आएको छ । आज नेप्सेमा एक अर्ब ३२ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार एक अर्ब ५३ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज कारोबार भएका ११ कम्पनीको शेयरमूल्य बढेको छ भने १८२ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३०११.४० रुपैयाँ पुगेको छ भने ग्रीन भेञ्चर लिमिटेडको शेयरमूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता २९८.२० रुपैयाँ पुगेको छ ।
आज दिव्यश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ८.८२ प्रतिशतले घटेको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यस कम्पनीको आज ६ करोड ३० लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस