अर्थतन्त्र

आइतबार सुनचाँदीको मूल्य स्थिर

काठमाडाैं । आइतबार सुनचाँदीको मूल्य स्थिर रहेकाे छ । आइतबार छापावाल सुनको मूल्य तोलामा एक लाख २ हजार रुपैयाँ नै कायम गरिएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । यस्तै तेजावी सुनको मूल्य एक लाख एक हजार ५ सय रुपैयाँ नै छ ।

चाँदीको मूल्य भने तोलामा १४ सय १५ रुपैयाँ पुगेको छ । गत शुक्रबारको तुलनामा आज सुन र चाँदी दुवै धातुको मूल्यमा कुनै परिवर्तन नभएको महासंघले बताएकाे छ ।

गाउँ सहर संवाददाता