एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन, सूर्य चिह्न लिएर चुनाव लड्ने (सहमतिपत्रसहित)
- गाउँ सहर संवाददाता
- ३० चैत बुधबार, २०७८ | १५:०८:०० मा प्रकाशित

काठमाडाैं । सत्तारुढ गठबन्धनले देशभर ठाँउ र आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने समझदारी र गृहकार्य गरिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालवीच पनि चुनावी गठबन्धनमा सहमति भएको छ । बुधबार भएको दुई पक्षीय वार्ताका क्रममा राप्रपा नेपालका उम्मेदवारले एमालेको सूर्य चुनाव चिह्न लिएर चुनाव लड्ने सहमति भएको महामन्त्री सुशील श्रेष्ठले जानकारी दिएका छन् । सहमति अनुसार अव कमल थापाको पार्टीले देशभर एमाालेकै चुनाव चिन्हमा चुनाव लडनेछन् ।
एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले आज ५ बुँदे सहमतिमा गठबन्धनको हस्ताक्षर गरेका छन् ।
बुधबार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा दुई पार्टीबीच सहमतिपत्र आदानप्रदान भएको छ ।
सहमति अनुसार देशभर सम्भव गएको ठाउँमा एमाले र राप्रपा नेपालबीच तालमेल हुनेछ र राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।
‘राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवारहरूले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने छन्’, सहमतिबारे जानकारी दिँदै उनले भने, ‘निजहरु निर्वाचित भएपश्चात् पनि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमै आबद्ध रहनेछन् ।’
राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएको ठाउँमा नेकपा एमालेका उम्मेदवारलाई सघाउनेछ भने एमालेले पनि राप्रपा नेपालका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।
आज भएको वार्तामा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित एमालेको तर्फबाट उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरुको सहभागिता थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
प्रतिकृया दिनुहोस