युक्रेन युद्धमा २० जना पत्रकारकाे मृत्यु
- गाउँ सहर संवाददाता
- ३० चैत बुधबार, २०७८ | ११:००:०० मा प्रकाशित
एजेन्सी । युक्रेन युद्धमा अहिलेसम्म २० पत्रकार मारिएका छन् । २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलामा अहिलेसम्म २० पत्रकार मारिएका युक्रेनको राष्ट्रिय पत्रकार संघले जनाएको छ ।
मारिने पत्रकारको सूची संघले आफ्नो टेलिग्राम च्यानलमा प्रकाशित गरेको छ । सो मृत्यु युक्रेनको महाअभियोजकको कार्यलयले पुष्टि गरेको छ । मृत्यु हुनेमध्ये केही विदेशी सञ्चारकर्मी पनि छन् ।
युक्रेनको नागरिक समाज र विशेषगरी जिम्मेवार पत्रकारहरूको हितलाई समर्थन गर्ने स्वतन्त्र गैरसरकारी संस्था इन्स्टिच्युट अफ मास इन्फरमेसन (आईएमआई) का अनुसार रुसले युद्धको पहिलो महिनामा युक्रेनमा पत्रकार र सञ्चारमाध्यमविरुद्ध कम्तिमा १ सय ४८ अपराध गरेको थियो ।
रुसी सेनाले कम्तीमा १० ओटा टिभी टावरहरूलाई निशाना बनाएका छन् । टावरमा क्षति हुँदा युक्रेनको आठ क्षेत्रहरूमा टिभी र रेडियो प्रसारणमा पूर्ण वा अस्थायी रूपमा अवरोध आएको थियो ।
युद्धसम्बन्धी खतराका कारण देशभर ७० क्षेत्रीय मिडिया आउटलेटहरू बन्द छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
प्रतिकृया दिनुहोस