राजनीति

यस्ता छन् एकीकृत समाजवादीमा उमेदवार छनोटका मापदण्ड

 काठमाडाैं । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको उमेदवार छनोटका लागि ८ बुँदे मापदण्ड तयार गरेको छ ।

हिजाे र आज बसेको पार्टी सचिवालय बैठकले उमेदवार सिफारिस एवं छनोटका लागि मापदण्ड टुंगो लगाएको महासचिव बेदुराम भुसालले जानकारी दिएका छन् ।

१) पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको ।

२) पार्टीमा योगदान गरेको र विद्रोहमा भूमिका खेलेको । 

३) पार्टीप्रतिको निष्टा र अनुशासनमा दृढ रहेको ।

४) आर्थिक एवं नैतिक आचरण राम्रो रहेको । 

५) जनतामा स्थापित एवं लोकप्रिय रहेको । 

६) स्वच्छ छवि भएको र सुशासनको पक्षपाति रहेको ।

७) कार्यक्षमता राम्रो भएको । 

८) समावेशीतालाई ध्यान दिने ।

गाउँ सहर संवाददाता