निर्वाचन आचारसंहिताबारे एमालेले राख्यो ६ बुँदे धारणा
- गाउँ सहर संवाददाता
- २४ चैत बिहीबार, २०७८ | १४:५४:०० मा प्रकाशित
काठमाडाैं । नेकपा एमालेले स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले बनाएको आचारसंहितामा पार्टीका तर्फबाट ६ बुँदे धारणा राखेको छ ।
बिहिबार महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालसहित नेताहरू आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई पार्टीका तर्फबाट धारणा समेटिएको ज्ञापत्र पत्र बुझाएका हुन् ।
आयोगले बनाएको आचारसंहिता पालना गर्न सके राम्रो हुने महासचिव पोखरेल बताउँछन् । तर प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्रीहरू नै चुनाव प्रचारमा जान नपाइने गरी आयोगले बनाएको आचारसंहिताको कार्यान्वयन पक्ष भने जटिल रहेको उनले बताए ।
उनले एमालेले आचारसंहिता पालना गर्ने पनि बताएका छन् । आचारसंहिताका केही प्रावधानलाई भने आयोगले संशोधन गर्नुपर्ने एमालेको भनाइ छ । उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने प्रावधान पनि संशोधन गर्नुपर्ने एमालेको माग छ ।
‘निर्वाचन आयोगसँग हाम्रो टसल होइन,’ पोखरेलले भने, ‘प्रधानमन्त्रीले नै चुनाव प्रचार गर्न नपाउने कुरा लोकतन्त्रमा अलि मिल्ने खालको भएन । त्यो संशोधन गर्नुपर्छ भन्ने हो । हामी प्रतिपक्षमा भए पनि सरकार पक्षलाई नै फाइदा हुने कुरा उठाएका छौं ।’
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस