जन्मदिनमा श्रीमतीलाई ६० लाखको जीवनबीमा पाेलिसी उपाहार
- गाउँ सहर संवाददाता
- २३ चैत बुधबार, २०७८ | १८:५१:०० मा प्रकाशित

काठमाडाैं । नेपाली समाजमा केही शुभ कार्य गर्दा आफ्ना आफन्तलाई उपहार दिने चलन वर्षौदेखि रहँदै आएको छ । पहिले उपहार दिँदा घरायसी एवं व्यक्तिगत रुपमा प्रयोग हुने सरसामानलाई उपहार स्वरुप दिने गरिन्थ्यो भने अहिले समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ ।
परिवर्तित समयसँगै पछिल्लो समय भने जीवन बीमालाई आम जनताको दैनिकीसँग जोड्दै जीवन बीमा पोलीसी उपहारका रुपमा दिने चलन बढ्दै गएको छ । विवाह, ब्रतबन्ध, जन्मदिन, पास्नी, गून्योचोलो, बैवाहिक वर्षगाँठ लगायतका शुभ कार्यमा बीमा पोलीसी उपहार दिने चलन बढ्दै गएको हो ।
सोही चलनको अनुसरण गर्दै भैरहवाका सफल व्यवसायी एवम् समाजसेवी तेजबहादुर खत्रीले आफ्नो जीवनसंगिनीको ४० औँ जन्मदिनको अवसरमा आफ्नो श्रीमतीलाई जीवन बीमा पोलिसी उपहार दिएका छन् । व्यवसायी खत्रीले आफ्नो श्रीमती भगवती खत्रीलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सिटिजन अग्रिम भुक्तानी बीमा योजना अन्तर्गत ६० लाखको बीमा पोलिसी उपहार स्वरुप दिएक हुन् ।
बीमा पोलिसी हस्तान्तरण गर्दै उनले बीमा गर्दा आर्थिक बचत हुने र नोक्सानी भएको हकमा क्षतिपूर्तिको सुनिश्चिता भएको हुँदा जीवन बीमा अतिआवश्यक रहेको बताए । जीवन बीमा गर्ने योजना पहिले नै बनाएको र विशेष दिनमा उपहार स्वरुप दिँदा आकर्षक उपहार हुने र अन्यलाईसमेत उत्प्रेरणा मिल्ने हुँदा सो उपहार दिएको उनले बताए ।
अन्य उपहार खरिद गर्दा खर्च हुने रकम बीमामा भुक्तानी गर्दा भविष्यको लागी उपायोगी बचत हुने जनाए ।
सो पोलिसी हस्तान्तरण कार्यक्रममा कम्पनीका भैरहवा एरियाका क्षेत्र प्रमुख नरेश सिग्देल, भैरहवा शाखा प्रमुख गिरिजा खनाल साथै एजेन्सी म्यानेजर आस्था के.सी र मधु रायमाझीको उपस्थिती रहेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस