जन्मदिनमा श्रीमतीलाई ६० लाखको जीवनबीमा पाेलिसी उपाहार
- गाउँ सहर संवाददाता
- २३ चैत बुधबार, २०७८ | १८:५१:०० मा प्रकाशित
काठमाडाैं । नेपाली समाजमा केही शुभ कार्य गर्दा आफ्ना आफन्तलाई उपहार दिने चलन वर्षौदेखि रहँदै आएको छ । पहिले उपहार दिँदा घरायसी एवं व्यक्तिगत रुपमा प्रयोग हुने सरसामानलाई उपहार स्वरुप दिने गरिन्थ्यो भने अहिले समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ ।
परिवर्तित समयसँगै पछिल्लो समय भने जीवन बीमालाई आम जनताको दैनिकीसँग जोड्दै जीवन बीमा पोलीसी उपहारका रुपमा दिने चलन बढ्दै गएको छ । विवाह, ब्रतबन्ध, जन्मदिन, पास्नी, गून्योचोलो, बैवाहिक वर्षगाँठ लगायतका शुभ कार्यमा बीमा पोलीसी उपहार दिने चलन बढ्दै गएको हो ।
सोही चलनको अनुसरण गर्दै भैरहवाका सफल व्यवसायी एवम् समाजसेवी तेजबहादुर खत्रीले आफ्नो जीवनसंगिनीको ४० औँ जन्मदिनको अवसरमा आफ्नो श्रीमतीलाई जीवन बीमा पोलिसी उपहार दिएका छन् । व्यवसायी खत्रीले आफ्नो श्रीमती भगवती खत्रीलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सिटिजन अग्रिम भुक्तानी बीमा योजना अन्तर्गत ६० लाखको बीमा पोलिसी उपहार स्वरुप दिएक हुन् ।
बीमा पोलिसी हस्तान्तरण गर्दै उनले बीमा गर्दा आर्थिक बचत हुने र नोक्सानी भएको हकमा क्षतिपूर्तिको सुनिश्चिता भएको हुँदा जीवन बीमा अतिआवश्यक रहेको बताए । जीवन बीमा गर्ने योजना पहिले नै बनाएको र विशेष दिनमा उपहार स्वरुप दिँदा आकर्षक उपहार हुने र अन्यलाईसमेत उत्प्रेरणा मिल्ने हुँदा सो उपहार दिएको उनले बताए ।
अन्य उपहार खरिद गर्दा खर्च हुने रकम बीमामा भुक्तानी गर्दा भविष्यको लागी उपायोगी बचत हुने जनाए ।
सो पोलिसी हस्तान्तरण कार्यक्रममा कम्पनीका भैरहवा एरियाका क्षेत्र प्रमुख नरेश सिग्देल, भैरहवा शाखा प्रमुख गिरिजा खनाल साथै एजेन्सी म्यानेजर आस्था के.सी र मधु रायमाझीको उपस्थिती रहेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस