श्रीलंकाका नवनियुक्त अर्थमन्त्रीले पनि दिए राजीनामा
- गाउँ सहर संवाददाता
- २२ चैत मंगलबार, २०७८ | १५:४४:०० मा प्रकाशित
एजेन्सी । श्रीलंकाका नवनियुक्त अर्थमन्त्री अली साब्रीले पनि राजीनामा दिएका छन् । यसअघि न्याय मन्त्रीबाट आइतबार राति राजीनामा दिएका साब्रीलाई राष्ट्रपति गोटवाया राजापाक्षेले सोमबार अर्थमन्त्री नियुक्त गरेका थिए ।
साब्रीले मंगलबार दिउँसो राष्ट्रपति राजापाक्षेलाई राजीनामा बुझाएका हुन् । यसअघि राजापाक्षेले आफ्ना भाइ बासिल राजापाक्षेलाई २०२१ मा अर्थमन्त्री नियुक्त गरेका थिए। बासिलले क्याबिनेटका अरू सदस्यसँगै आइतबार राजीनामा दिएका थिए ।
आफ्नो मन्त्रिपरिषद्का सबै २६ जना मन्त्रीहरूले राजीनामा दिएपछि राष्ट्रपति राजापाक्षेले सोमबार विपक्षी दललाई सरकारमा सहभागी हुन आह्वान गरेका थिए । उनले मन्त्रिपरिषदमा केही मन्त्री पनि नियुक्त गरेका थिए ।
साब्रीले न्याय मन्त्रीबाट राजीनामा दिँदा पनि आफूले फेरि मन्त्रीको जिम्मेवारी नलिने सोचेको भए पनि अन्तरिम कालका लागि अर्थमन्त्री बनेको बताएका छन् ।
धेरै सोच-विचार गर्दा अहिलेको आर्थिक संकटबाट पार पाउन नयाँ अपूर्व कदम चाल्नुपर्ने लागेकाले आफूले राजीनामा दिएको उनले उल्लेख गरेका छन् ।
.png)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस