विद्यार्थी बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्डको सजाय
- गाउँ सहर संवाददाता
- २२ चैत मंगलबार, २०७८ | ११:२८:०० मा प्रकाशित

एजेन्सी । विद्यार्थी बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्डको सजाय तोकिएको छ । इन्डोनेशियामा विद्यार्थी बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्डको सजाय तोकिएको हाे ।
सोमबार इन्डोनेशियाली अदालतले इस्लामिक स्कूलका एक शिक्षकलाई १२ जना छात्रामाथि बलात्कार गरेको भन्दै मृत्युदण्डको सजाय दिएको छ । यसअघि उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो ।
हेरी विरावनको यो मुद्दाले पूरा इन्डोनेशियालाई त्रस्त बनाएको थियो । देशको धार्मिक बोर्डिङ स्कूलमा बालिकालाई यौन हिंसाबाट जोगाउनका लागि बलियो कानुन आवश्यक भएको कुरामा धेरैले जोड दिएका थिए ।
फेब्रुअरीमा बान्डुङ सहरको अदालतले उनलाई जन्मकैदको सजाय सुनाएपछि मृत्युदण्डको माग गरेर अभियोजकहरुले पुनरावेदन दायर गरेका थिए ।
‘हामीले प्रतिवादीलाई मत्युदण्डको सजाय दिन्छौँ,’ बान्डुङको उच्च न्यायालयको वेबसाइटमा सोमबार प्रकाशित एक वक्तव्यमा न्यायाधिसले बताएका छन् ।हेरीका वकिल इरा माम्बोले अदालतको पूर्ण फैसला हेर्नुपर्ने बताउँदै अपिल हुने, नहुनेबारे कुनै टिप्पणी गर्न अस्विकार गरिन् । स्थानीय अभियोजकको कार्यालयका प्रवक्ताले पनि टिप्पणी गर्नु अघि अन्तिम निर्णय पर्खने बताएका छन् ।
‘सन् २०१६ र २०२१ को बीचमा हेरीले १२ र १६ वर्षका १३ जना बालिकालाइ बलात्कार गरे जसमध्ये ८ जना गर्भवती भए,’ फेब्रुअरीमा एक न्यायाधिशले भने । बलात्कारका बेला कतिजनामाथि चोट समेत लागेको उनले जानकारी दिए ।
देशको बाल संरक्षण मन्त्री लगायत इन्डोनेसियाका अधिकारीहरूले पनि मृत्युदण्डको मागलाई समर्थन गरेका थिए, यद्यपि मृत्युदण्डको विरोध गर्ने राष्ट्रका मानव अधिकार आयोगले यो उपयुक्त नभएको बताएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
प्रतिकृया दिनुहोस