मलेसियालाई हराएर लगातार चौंथो जित निकाल्न चाहन्छ नेपाल
- गाउँ सहर संवाददाता
- १९ चैत शनिबार, २०७८ | ०८:१६:०० मा प्रकाशित
काठमाडौं । आज मलेसियालाई हराएर नेपाल लगातार चौंथो जित निकाल्न चाहन्छ ।
त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । अहिलेसम्मकाे तीन खेलमा नेपालले शतप्रतिशत नतिजा हात पारेकाे छ ।
त्रिवि क्रिकेट मैदानमा नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । खेल १२:३० मा सुरु हुनेछ ।
हालसम्म नेपालले ३ खेलमा ६ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको नेपाल यस अघि नै फाइनल पुगिसकेको छ । यता, मलेसिया पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ । मलेसिया ३ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
जितमा मलेसिया फाइनल पुग्नेछ । हार ब्यहोरेमा मलेसिया बाहिरिनेछ ।
सिरिज अन्तर्गत नै यस अघिको पहिलो भेटमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो । नेपाल उक्त जितलाई कायम गर्न चाहन्छ । मलेसिया नेपालविरुद्ध बदला लिन चाहन्छ ।
पपुवा न्युगिनी (पीएनजी) ४ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । मलेसिया पराजित भएमा दोस्रो स्थानमा रहदै पीएनजीले फाइनलमा नेपालको सामना गर्नेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
प्रतिकृया दिनुहोस