वातावरण

केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने

काठमाडौँ। जल तथा माैसम विज्ञान विभागका अनुसार हाल देशमा भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। बिहान प्रदेश १, मधेस प्रदेशलगायत बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ।

दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

यस्तै राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाे विभागले बताएकाे छ।

गाउँ सहर संवाददाता