खल्तीले खोज्दै ‘खल्ती लेख स्टार’ : ५० हजार जित्ने मौका
- गाउँ सहर संवाददाता
- १६ चैत बुधबार, २०७८ | १२:१५:०० मा प्रकाशित

काठमाडाैं । खल्ती डिजिटल वालेट ‘खल्ती लेख - स्टार’ को खोजीमा हिँडेको छ जस् अन्तर्गत ३ जनाले रु। ५० हजार, २५ हजार र २५ हजार जित्न सक्नेछन् ।
‘खल्ती लेख - स्टार’ बन्न जो कोहिले खल्ती शब्दको अर्थ (वालेट र पकेट) खुल्ने गरि नेपाली भाषामा विभिन्न लेख रचना गरि पोस्ट गरि ‘खल्ती’ लाई पठाउनु पर्नेछ ।
इच्छुक व्यक्तिले आफ्नो कला पन्स्, पन्चलाईन, टंग ट्वीस्टर,कविता, उखान टुक्का, ट्याग लाइन्स , र्याप आदि मार्फत् सोसल मिडिया मा प्रस्तुत गरी गरी #KhaltiLekhstar राखी आफ्नो फेसबुक, इन्स्टाग्राम, ट्विटर, युटुब या टिकटकमा सेयर गर्नुपर्नेछ । पोस्ट गरे पश्चात आफ्नो पोस्टको लिंक ‘खल्ती’ ले प्रदान गरेको फारममा सम्पूर्ण विवरण सहित पठाई यस प्रतियोगितामा सहभागी हुन पाइनेछ । यो प्रतियोगिता चैत्र १५, २०७८ देखि बैशाख १४, २०७९ सम्म लागु हुने खल्तीले जानकारी दिएकाे छ ।
यस अफर अन्तर्गत घोषित बिजेताले प्रथम पुरस्कार ५०,००० एक जनाले पाउनेछ । दोस्रो पुरस्कार २५००० एक जनालाई प्रदान गरिने खल्तीले जनाएकाे छ ।
त्यसैगरी, तेस्रो पुरस्कार १५००० एक जनालाई र सान्त्वना पुरस्कार ५,००० पाँच जनालाई दिइने खल्तीले बताएकाे छ । यसका साथै तीनजना बिजेताले खल्तीको भिडियोमा प्रस्तुत हुने मौका पाउनेछन् ।
यस क्याम्पेनका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने “‘खल्ती’ शब्द आफैमा हरेक व्यक्तिको दैनिक जीवन सँग आबद्द शब्द भईसकेको छ । यस कुरालाई मध्यनजर गर्दै ‘खल्ती लेख - स्टार’ मार्फत विभिन्न लेख प्रतिभाहरुलाई हौशला दिने उद्देश्यले यो योजना ल्याएका छौ । यस प्रतियोगितामा आबद्ध हुने सबै आह्वान गर्छु ।”
“खल्ती” नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित भएको छ । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६००००ं सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति नेपाल सरकार गम्भीर: परराष्ट्र मन्त्रालय
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
प्रतिकृया दिनुहोस