गाउँ सहर
बैंकिङ कसूरका फरार प्रतिवादी गुरुङ पक्राउ
- गाउँ सहर संवाददाता
- १५ चैत मंगलबार, २०७८ | १३:३७:०० मा प्रकाशित
काठमाडाैं । प्रहरीले बैंकिङ कसूरको मुद्दामा दोषी ठहर भइ ४० लाख रुपैयाँ जरिवना सुनाइएका व्यक्तिलाइ पक्राउ गरेकाे छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौं सामाखुशीका ५२ वर्षीय काजी गुरुङलाई पक्राउ गरेको जानकारी दिएकाे छ ।
उनलाई सोमबार सामाखुशीबाटै पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए । गुरुङले स्याङ्जाका एक व्यक्तिलाई ४० लाख रुपैयाँको चेक काटेर दिएका थिए । तर, पर्याप्त रकम नभको भन्दै चेक नसाटिएपछि पीडितले गुरुङविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।
बैंकिङ कसूरको मुद्दामा सुनुवाइ गर्दै अदालतले गत फागुन १ गते गुरुङलाई ४० लाख रुपैयाँ जरिवाना र ६ दिनको कैद सजाय सुनाएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
प्रतिकृया दिनुहोस