चाँदीका गरगहना लुटपाट गरेर फरार भएका ४ जना प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- १४ चैत सोमबार, २०७८ | ११:३०:०० मा प्रकाशित

काठमाडाैं । प्रहरीले चाँदीका गरगहना लुटपाट गरेर फरार भएका ४ जनालाई पक्राउ गरेकाे छ । १३ किलो चाँदीका गरगहना लुटपाट गरेर फरार भएका ४ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको हाे । पक्राउ पर्नेमा झपाको दमकका २४ वर्षीय सविन बिक, सुनसरीको इटहरीका २४ वर्षीय बादल बिक, महोत्तरीको बर्दिबासका २४ वर्षीय मनोज ठाकुर उदयपुरको रौतामाईका विशाल बिक रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
चैत ८ गते उनीहरुले झापाको दमक नगरपालिका वडा नम्बर १ मा रहेको पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्सका कर्मचारी ओम कालिकोटले बोकेको गरगहना लुटपाट गरेको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ आइरहेको अवस्थामा मोरङको बेलबारी नगरपालिका वडा नम्बर ४ वेतनास्थित सडक खण्डमा उनीहरु उक्त चाँदीका गरगहना लुटी फरार भएका थिए ।
प्रहरीले उनीहरुको साथबाट लुटिएको सामान नियन्त्रणमा लिएकाे जनाएकाे छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस