नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा गठबन्धन गर्नुपर्ने पक्षमा माहोल बन्दै
- गाउँ सहर संवाददाता
- १३ चैत आइतबार, २०७८ | २०:४३:०० मा प्रकाशित
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा गठबन्धन गर्नुपर्ने पक्षमा माहोल बन्दै गएकाे देखिएकाे छ।
जिल्लामा प्रचार प्रसारका लागि खटिएका केन्द्रीय नेताहरुले सम्बन्धित ठाउँको वस्तुस्थितिबारे जानकारी गराएका छन्।
आइतबार ५४ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका छन्।
प्रतिवेदन प्रस्तुत गर्ने अधिकांश सदस्यले चुनावमा गठबन्धनसहित जान नेतृत्वलाई सुझाव दिएका छन्। अघिल्लोपटक आफूले जितेको स्थानीय तह सुरक्षित राख्दै एमालेले जितेको ठाउँमा दलहरुबीच गठबन्धन गर्नुपर्ने धारणा धेरैले राखेका हुन्।
बैठकमा एनपी साउँद, जीवनबहादुर शाही, दिपक गिरी, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, सीता गुरुङ, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौलाले धारणा व्यक्त गरेका छन् ।
यस्तै सरिता प्रसाईं, अमृत अर्याल, डा. गोपाल दहित, योगेन्द्र चौधरी, कल्पना चौधरी, धु्रव वाग्ले, महेन्द्रकुमार राय, गेहेन्द्र गिरी, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, राजीव कोइराला, अब्दुल रज्जाक, चन्द्रबहादुर केसी, उमेशजंग रायमाझी, अब्दुल सत्तार, उदयशम्शेर राणा, जीतजंग बस्नेत, राजीव ढुंगाना, राजेन्द्रकुमार केसी, अर्जुनजंगबहादुर सिंह, राजीवबिक्रम शाह, डा. चन्द्रमोहन यादव, अञ्जनी श्रेष्ठ, मैकुलाल वाल्मिकी, चम्पादेवी खड्काले पनि बैठकमा धारणा राखेका पार्टी केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
धारणा राख्ने अन्य केन्द्रीय सदस्यहरुमा प्रकाश रसाईली स्नेही, रंगमती शाही, मञ्जुकुमारी यादव, गुरु बराल, प्रतिमा गौतम, जावेदा खातुन जागा, नागिना यादव, नानु बास्तोला, भीम पराजुली, कान्तिका सैजुवाल, गंगालक्ष्मी अवाल, उर्मिला नेपाल केसी, सुशीला ढकाल (आचार्य), रुपा विक, विद्यादेवी तिमिल्सीना र जीवन राना छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
प्रतिकृया दिनुहोस