दोहोरो अंकले घट्याे शेयर बजार, ४ अर्ब ९८ करोडको कारोबार
- गाउँ सहर संवाददाता
- १३ चैत आइतबार, २०७८ | १५:२८:०० मा प्रकाशित
काठमाडाैं । शेयर बजार साताको कारोबारको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको छ । आज नेप्से ४१.४३ अंकले घटेर दुई हजार ५ सय ७२ दशमलब २३ विन्दुमा थामिएकाे नेप्सेले जनाएकाे छ । आज ४ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३३ सय रुपैयाँ पुगेको छ भने राष्ट्र उत्थानको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९०१.४० रुपैयाँ पुगेको छ ।
इमर्जिङ नेपालको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८३६.७० रुपैयाँ, सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ९.३३ प्रतिशतले बढेर प्रतिकित्ता ६५६ रुपैयाँ र जनरल इन्स्योरेन्स कम्पनीको ९.६५ प्रतिशतले बढेर प्रतिकित्ता ६५८ रुपैयाँ पुगेको नेप्सेले जानकारी दिएकाे छ ।
आज मल्टी पर्पोज फाइनान्स कम्पनी, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ५ प्रतिशत भन्दा बढीले घटेको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनिीको भएको छ । यस कम्पनीको आज २७ करोड ५६ लाख भन्दा बढीको कारोबार भएको बताइएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस