दलित बस्तीमा आगलागी हुँदा १३ घर जलेर नष्ट, करिब २६ लाख बराबरको क्षति
- गाउँ सहर संवाददाता
- १३ चैत आइतबार, २०७८ | १३:१०:०० मा प्रकाशित
काठमाडाैं । दलित बस्तीमा शनिवार साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन् । सर्लाहीको धनकौल गाउँपालिका-५ हरकठवास्थित दलित बस्तीमा शनिवार साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएका हुन् । आगलागीबाट करिब रु २६ लाख बराबरको क्षति भएको जनाइएको छ ।
आगलागीमा घरभित्र राखिएको ग्याँस सिलिण्डर पड्किँदा स्थानीयवासी ३५ वर्षीय अरबिन्दप्रसाद कुशवाह घाइते थिए । सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जलेका घर फुसले छाएको जानकारी दिएका छन् । घरभित्र रहेका अन्न, लत्ताकपडालगायत सबै सामान जलेपछि १३ दलित परिवारको बिचल्ली भएको छ ।
प्रहरीका अनुसार आगलागीबाट स्थानीय प्रदीप हजारी, रामबली पासमान, ताहिर हजारी, शीतल हजारी, जीवन हजारी, भिखारी पासमान, रामविश्वास हजारी, बिकाउ पासमान, नन्नद किशोर पासमान, गगन हजारी, सरपलाल हजारी, रामनाथ हजारी र भुमेश्वर साह कानुको घर जलेर नष्ट भएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।
मलङ्गवा, हरिवन नगरपालिकाको बारुणयन्त्र तथा सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ । गर्मीयाममा सावधानी नअपनाउँदा वर्षेनी आगलागीका घटना हुने गरेको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस