राजनीति

आइतबार एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडाैं । आज नेकपा (एमाले) स्थायी कमिटीको प्रथम बैठक बस्दैछ ।

बैठक अपराह्न ३ बजे महाराजगन्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा बस्ने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।

रिजालका अनुसार बैठकमा हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर पार्टी पङ्क्तिलाई निर्वाचनमा परिचालन गर्ने योजना बनाइने छ ।

एमाले स्थायी कमिटीमा पदाधिकारीसहित ४५ जना सदस्य छन् भने ४ जना पदेन सदस्य छन् ।

गाउँ सहर संवाददाता