डा. शंकर शर्मा भारतको राजदूत नियुक्त
- गाउँ सहर संवाददाता
- ६ चैत आइतबार, २०७८ | २०:५५:०० मा प्रकाशित

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले डाक्टर शंकर शर्मालाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन्।
शर्मालाई आइतबार राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
सरकारले शर्मालाई राजदूत सिफारिस गरेको थियो। तीन महिनापछि गत साता भारतले शर्माको एग्रिमो पठाएको थियो।
तत्कालीन राजदूत निलाम्बर आचार्यलाई फिर्ता बोलाएपछि केही महिनादेखि नयाँदिल्लीस्थित नेपाली राजदूतावास राजदूतविहीन थियो।
संसदीय सुनुवाइबाट अनुमोदन भएपछि गत मंसिर २४ गते परराष्ट्र मन्त्रालयले अमेरिका, बेलायत र भारतका लागि सिफारिस भएका राजदूतहरूको एग्रिमोका लागि पत्र पठाएको थियो।
तीमध्ये सबैभन्दा पहिला बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्यको सबैभन्दा पहिला एग्रिमो आएको थियो। अमेरिकाका लागि राजदूत श्रीधर खत्रीको एग्रिमो आएर उनी नियुक्त भइसकेका छन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस