शिक्षा

कक्षा १२ को परीक्षा २०७९ साल जेठ १६ गतेदेखि

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा २०७९ सालको जेठ महिनामा गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको बोर्ड बैठकले जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

परीक्षाको तालिका भने छिट्टै प्रकाशन गर्ने बोर्डले जनाएको छ ।

गाउँ सहर संवाददाता