कक्षा १२ मा कुन जीपीएमा कति विद्यार्थी भए उत्तीर्ण ? ग्रेड वृद्धि परीक्षा भदौ २८ र २९ गते
- गाउँ सहर संवाददाता
- १९ श्रावण सोमबार, २०८२ | १९:०४:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नियमित तथा ग्रेड वृद्धि (आंशिक) परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ ।
नतिजाअनुसार परीक्षार्थीहरूले प्राप्त गरेको ग्रेड (जीपीए) को आधारमा उत्तीर्ण विद्यार्थीको सङ्ख्या पनि विवरणसहित सार्वजनिक गरिएको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार कुल २ लाख ८४ हजार ३०५ परीक्षार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन्। तीमध्ये सबैभन्दा उच्च ग्रेड ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या १३ हजार ५०२ रहेको छ ।
त्यस्तै, जीपीए ३.२१ देखि ३.६० ल्याउने विद्यार्थी ५५ हजार ८९६ जना छन्। यसैगरी २.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने ९४ हजार २६८ जना छन् ।
२.४१ देखि २.८० ल्याउनेको सङ्ख्या ६९ हजार ८१२ छ। २.०१ देखि २.४० बिचका विद्यार्थी ८ हजार ९६४ रहेका छन्। १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी सङ्ख्या २३ मात्र रहेको छ ।
यो वर्ष नियमिततर्फ ३ लाख ९६ हजार ३४७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये २ लाख ४२ हजार ४६५ जना ग्रेडेड भएका छन्। आंशिकतर्फ भने १ लाख १४ हजार ६४० मध्ये ४१ हजार ८४० विद्यार्थी ग्रेडेड भएका छन् ।
बोर्डका अनुसार नियमित तर्फ ग्रेड प्राप्त गर्ने विद्यार्थीको प्रतिशत ६१.१७ छ भने आंशिक तर्फको ग्रेडेड प्रतिशत ३६.४९ मात्र छ ।
परीक्षाका क्रममा अमर्यादित गतिविधिमा संलग्न भएका कारण कुल १७ जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। तीमध्ये नियमित तर्फ ११ र आंशिक तर्फ ६ जनाको परीक्षा रद्द गरिएको हो ।
ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले आगामी भदौ २८ र २९ गते ग्रेड वृद्धि परीक्षा हुने जानकारी गराए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कुलिङ पिरियड छानबिन समितिले बुझायो प्रतिवेदन
- म्याग्दीको गुर्जाखानीमा भूकम्प
- सुनको मूल्यलेले नयाँ रेकर्ड बनायो
- कक्षा १२ को पूरक परीक्षाको तालिका सार्वजनिक
- कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण
- सामान्य अंकले बढ्यो नेप्से, झण्डै ११ अर्बको कारोबार
- लामाको बहिर्गमनपछि बागमतीमा नयाँ सरकार गठनका लागि आह्वान, बानियाँको दाबी पेस
- प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान, यस्ता छन् कार्यक्रम
- प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची
- दोस्रो चरणको पेट्रोलिमय पाइपलाइन परियोजना निर्माण सुरू
प्रतिकृया दिनुहोस