दिल्पेश्वर मठ राजा दिलिपको तपस्या स्थल (फाेटाेफिचर)
- गोबिन्द राज ओझा
- ५ चैत शनिबार, २०७८ | ०६:१०:०० मा प्रकाशित
डोटी । जिल्ला डोटी दिपायल सिलगढी नगरपालिका वडा नं ३ दिपायल स्थित सेती नदिको किनारमा अवस्थित त्रेतायुगको राजा दिलिपको तपस्या स्थल छ । राजा दिलिपको नामबाट यो ठाउँको नाम दिपायल नाम रहेको किम्बदन्ति पनि छ । राजा दिलिपले भगवान शिवको लिङ्ग स्थापना गरेर तपस्या गरेको ठाउँ दिपायल एयरपोर्ट नजिकै रहेको र उक्त स्थानमा शिव भक्तहरु आएर दर्शन गर्छन जसलाई दिल्पेश्वर मठको नामले चिनिन्छ । यहाँ विभिन्न ठाउँबाट सन्त माहात्माहरु तथा भक्तजनहरु मन्दिरको दर्शनको लागि आउँछन् ।

विभिन्न संकट र महामारीको समयमा पनि यहाँको शिव लिङ्गलाई पूजाआजा गरेमा मनोकामना हुने जन विश्वास रहेको छ । त्रेता युगमा राजा दिलिपले तपस्या गरेको ठाउँ भनेर दिपायलको यो मठलाई चिनाउँछ । राजा दिलिपले शिवलिंगको स्थापना गरी पूजा आजा गर्ने गरेको ठाउँ अहिले दिल्पेश्वर महादेवको मन्दिर भनेर चिनिन्छ । यो मन्दिर धार्मिक स्थल मात्र नभएर यहाँको पहिचान हो । यहाँ मन्दिरको दर्शन र पूजा आजा गर्न विभिन्न स्थानहरुबाट भक्तजनहरु आउँछन् । नजिकैमा रहेको बासुधारा (भगवान बासुदेव बस्ने स्थल जहाँ बाईसवटा धारा रहेको थियो भन्ने किम्बदन्ति रहेको छ) तिर्थ स्थलमा नुहाएर यस मन्दिरमा पूजा आजा गर्नाले पापहरु नास हुनका साथै मनोकामना पुरा हुने जनविश्वास छ । मकर सङ्क्रान्ति, शिवरात्री आदि पर्वहरुमा महास्नान, रुद्रि पाठ गरि भजन किर्तन गर्ने चलन छ ।
.png)
हरिद्वार भन्दा पुरानो र छुटै पहिचान बोकेको यो स्थलको संरक्षण र सम्बर्धन गर्नुपर्छ । यस क्षेत्रको महिमाको प्रचार प्रसार गरेर बाह्य पर्यटकहरु भित्र्याउन सकेमा यो क्षेत्रको विकासले फड्को मार्ने थियो । संरक्षणको अभावमा यि धार्मिक तथा सांस्कृतिक स्थलहरु मासिँदै गएका छन् । निकै पुराना धार्मिक स्थल, पुरातात्विक महत्व बोकेको स्थल भएकोले यो मठ संरक्षण गर्न आवश्यक छ । यसको संरक्षणमा सरोकारवाला सबैको चासो जान आवश्यक छ । पुरातात्विक महत्व तथा पर्यटकीय सम्भावाना बोकेका यो स्थानको प्रचार पसार गर्न सकेमा स्वदेशी तथा विदेशी पर्यटकहरु ल्याउन तथा यसको संरक्षणमा सरोकारवाला सबैको चासो हुन आवश्यक छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
प्रतिकृया दिनुहोस