गाउँ सहर

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

 

काठमाडाैं । बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका– ५ सितापुरी राजमार्गमा सोमबार बेलुकी बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको हाे ।  मृत्यु हुनेमा अन्दाजी ३२ वर्षीय पुरुष रहेका छन् । उनको सनाखत हुन सकेको छैन । 

बसको ठक्करबाट गम्भिर घाइते भएका उनको उपचारको लागि दमक तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । 

सोमबार बेलुकी साढे ७ बजे लु १ ख ८८३६ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो ।  ठक्कर दिने बस सहित चालक इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा लिएकाे प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता