स्वास्थ्य
उपत्यकामा थप २७ जनामा कोरोना संक्रमण
- गाउँ सहर संवाददाता
- २९ फाल्गुण आइतबार, २०७८ | १७:०५:०० मा प्रकाशित

काडमाडाैं । उपत्यकामा पछिल्लाे २४ घण्टामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ मन्त्रालयले जानकारी दिएकाे छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २४ तथा ललितपुरमा ३ जना संक्रमित थपिएका हुन् ।
देशभर पछिल्लो २४ घण्टामा थप ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।
हालसम्म कोरोनाबाट ११ हजार ९५० जनाले ज्यान गुमाएका छन् । आइतबार १९२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म देशभर ४९१७ जना सक्रिय संक्रमित रहेका छन् । गत चौबीस घन्टामा ६३०६ पीसीआर तथा १ हजार ६४१ एन्टिजेन परीक्षण भएको मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस