वातावरण

देशको पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षा

काठमाडाैँ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा माैसम विभागले बताएकाे छ।

आज २०७८ फागुन २७ गते  (शुक्रबार), दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यता सफा रहने छ। देशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएकाे छ।

गाउँ सहर संवाददाता

तपाईँको मत