गाउँ सहर

शुक्रबारदेखि प्रेस चौतारीको महाधिवेशन पाेखरामा सुरू, नेपालभरका पत्रकारको सहभागीता रहने

 काठमाडाैं । शुक्रबारदेखि प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन पोखरामा हुँदैछ । शनिबारसम्म चल्ने महाधिवेशनको पूर्वसन्ध्यामा आज केन्द्रीय सदस्य दर्ताको तालिका रहेकाे छ । दिउँसो २ बजे सचिवालय बैठक तथा अपराह्न ४ बजे केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।

भाेलि बिहान ८ बजे प्रतिनिधि दर्ताको कार्यक्रम रहेको छ भने बिहान ११ बजे महाधिवेशनको उद्घाटन हुने कार्यक्रम रहेकाे जनाइएकाे छ । शुक्रबार दिउँसो ३ बजेबाट बन्दसत्र प्रारम्भ हुने प्रेस चौतारी नेपालले जानकारी दिएकाे छ । 

चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन पोखरामा हुन लागेको हो । महाधिवेशनमा झण्डै १,२०० सय पत्रकारको सहभागीता रहने आयोजकले बताएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत