गाउँ सहर
ऊर्जामन्त्री खड्काद्वारा विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई सदस्य नियुक्त
- गाउँ सहर संवाददाता
- ३ पौष बुधबार, २०८१ | १६:११:०० मा प्रकाशित

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई सदस्य नियुक्त गरेका छन् । मन्त्री खड्काले बुधबार लक्ष्मण केसी र बलबहादुर पराजुलीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेका हुन् ।
केसी नेपाली कांग्रेसनिकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सीडीईएन)का अध्यक्ष हुन् भने पराजुली नेकपा एमालेनिकट हुन् । उनीहरुको कार्यकाल ४ वर्षको हुन्छ ।
यसअघिका सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनको कार्यकाल सकिएपछि मन्त्री खड्काले केसी र पराजुलीलाई सदस्य नियुक्त गरेका हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
प्रतिकृया दिनुहोस