गाउँ सहर
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै उडान तीन घण्टा बन्द हुने
- गाउँ सहर संवाददाता
- २० फाल्गुण शुक्रबार, २०७८ | १०:३९:०० मा प्रकाशित
काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै प्रकारको उडान तीन घण्टाका लागि बन्द हुने भएको छ । विमानस्थलमा क्यालिब्रेसन फ्लाइट हुने भएसँगै सबै उडान रद्द हुने भएको हो ।
विमानस्थल कार्यालयले ११ः३० बजेदेखि २ः३० बजेसम्म नोटाम नोटिस जारी गर्दै यो अवधिमा सबै प्रकारका आन्तरिक र बाह्य उडान प्रभावित हुने जानकारी दिएकाे छ । बिहीबार पनि परीक्षण उडानको क्रममा केही जहाजलाई आकाशमा होल्ड गरिएको थियो ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसनमा आएको यरो थाइको जहाजले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गरिरहेको छ । यस्तो उडानबाट रेडियो उपकरण तथा धावन मार्गमा जडित उपकरणको परीक्षण हुने छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस