पछिल्लाे २४ घण्टामा यस्ताे छ देशभर काेराेना संक्रमणकाे अवस्था
- गाउँ सहर संवाददाता
- १७ फाल्गुण मंगलबार, २०७८ | १७:५३:०० मा प्रकाशित
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ५०४ जनामा गरिएको परीक्षणका क्रममा सो संख्यामा संक्रमित फेला परेका हुन् ।
मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११९३८ पुगेको छ ।
नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ९७१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३५४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३२ जना कोभिड संक्रमित थपिएका छन् ।
काठमाडौंमा २७ र ललितपुरमा ५ जना संक्रमित थपिएका हुन् । भक्तपुरमा भने आज नयाँ संक्रमित थपिएका छैनन् ।
आजसम्म काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार ४६९ पुगेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
प्रतिकृया दिनुहोस